फाईल फोटो।
सिरहा, २८ असार। चितवनको भरतपुर महानगरपालिका २९ सिमलताको पहिरोमा परी बस त्रिशुली नदीमा दुईवटा बस झरेर वेपत्ता हुँदा पाँच दर्जनबढी मानिस वेपत्ता भएको आशंका गरिएको छ। पहिरोमा परी वीरन्जबाट काठमाडौँ जाँदैगरेको बागमती प्रदेश १५१६ नम्बरको २४ जना र काठमाडौंबाट गौर आउँदै गरेको बसमा ४१ गरी जम्मा ६५ जना यात्रु रहेको अनुमान गरिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवले सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौंबाट गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको जनाकारी प्राप्त भएको बताए। पानी अझै परिरहेकोले थप जानकारीहरु आउन अझै बाँकी रहेको जानकारी दिए।
आफूहरु घटनास्थलमै वरहेको र उद्धार र खोजी कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। घटना स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्वर १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएको जनाएको छ। साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको बताइएको छ।
यसैगरी, आजै विहान ३ करिव बजे भरतपुर महानगरपालिका २९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६५६६ नम्वरको बस अचानकलाई माथिबाट पहिरोसहित ढुङ्गा खसी बसमा लाग्दा बस चालकको मृत्यु भएको छ। चोट लागेर गम्भिर घाईते भएका चालक नवलपरासी सुनवल नगरपालिका ४ का ३६ वर्षिय मेगनाथ बिक उपचारको क्रममा मृत्यु भएको हो। बस घटना स्थलमै रहेको र बसमा सवार यात्रुहरुलाई केही नभएको प्रहरीले जानकारी दिए।