सिरहा, २७ असार। सिरहामा विद्युतिय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। गोलबजार नगरपालिका ८ चोहर्वाका करिव २५ वर्षिय इश्वर प्रसाद सिंहको आफ्नै घरको विद्युतिय मिटर मर्मत गर्ने क्रममा करेन्ट लागेर आज अपरान्ह ज्यान गएको हो।

पानीका कारण विद्युतको मिटरमा आगोलागेर घरमा विद्युत प्रवाह बन्दभएले मर्मतगर्ने क्रममा करेन्ट लागेर वेहास भएका सिंहलाई उपचारको लागि गोलबजारस्थित लाईफ लङ्ग हेल्थ केयर सेन्टरमा लागि पुर्याएको प्रहरीले जनाएको छ। अस्पताल पुर्याएपनि उनको पहिला नै मृत्यु भईसकेको अस्प्तालले जनाएको छ।

उनी आफै विद्युत प्राविधिक समेत रहेको स्थानीय रामभरोसी यादवले बताए।

उनको शव पोष्टमार्टमकोलागि लाने तयारी भईरहेको प्रहरीले जनाएको छ।

ग्त शनिवार पनि गोलबजार नपा ५ मा आफ्नै घरका करेन्ट लागेर एक वृद्धको ज्यान गएको थियो।

ce98102b-e610-4d4b-8213-c9339db12720