काठमाडौं, २६ असार। जनमत पार्टीले केन्द्रीय सचिव वीपी शाहसहित सात जनालाई कारबाही गरेको छ।
असार २० गते बसेको पार्टीको बैठकले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको हो।
निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीपी) शाह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेका छन्। उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ।