कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

    • असार २६, २०८१
    • १४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    सिरहा, २६ असार। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ।

    उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षिय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षिय अलादिन राई रहेका छन्। दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए।

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो। त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो।

    धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए।

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन्।

    santi nikunja

    हत्या अभियोगका फरार ...

    सिरहा, ७ साउन। सिरहामा आफ्नै छिमेकीको हत्या अभियोगका फर ...

    प्रधानमन्त्री ओली र ...

    काठमाडौं, ७ साउन। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर ...

    पूर्व राज्य मन्त्री ...

    क्षितिज विश्वकर्मा सर्लाही, ७ साउन। पूर्व भूमिसुधार रा ...

    राजनीतिमै पहुँच बढाउ ...

    सिरहा, ७ साउन। सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल