सिरहा, २५ असार। सिरहाको नगरहा गाउँ पालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवे कुमार झा र लेखापाल सुरेश कुमार कुशियैत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अधिकृत र लेखापालद्वयलाई औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गाउँपालिकास्थित स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्न आव २०७४/०७५ मा विनियोजित रकमबाट ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ता नमोभकड इन्टयनकशनरले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम भुक्तानी गरी ६ लाख २० हजार ९६ रुपैया अनियसमितता गरेको आरोप छ।

सो रकम बराबरको औषधीजन्य मालसामान वितरण नगरी नगराई हानिनोक्सानी गरे/गराएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५७ को दफा १७ बमोजिमको कसुरमा ६ लाख २० हजार ९६ रुपैयाँ विगो कायम गरीएको अख्तियार प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

ce98102b-e610-4d4b-8213-c9339db12720