सोमबार रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका मोदीले यस क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले २२औं भारत-रुस वार्षिक सम्मेलनमा भाग लिनेछन्, जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्ने छन्। मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ किनभने ४१ वर्षपछि यहाँ भारतीय प्रधानमन्त्री आपुग्दैछन। तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो र उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो।
मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता र अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठक चलिरहेका बेला मोदीको रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
न्यूज कारखाना।