सिन्धुली, १७ कात्तिक। सिन्धुलीको सुनकोशी गाउँपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर धनुषाका एक युवक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा प्रहरीले ९० ग्राम १ सय ६० मिलिग्रामसहित ब्राउनसुगरसहित धनुषा मिथिला नगरपालिका ४ का २९ वर्षीय मञ्जित योन्जनलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३–०२–००१ प १६२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
प्रहरीले यस सम्वन्धमा थप अनुसनधान गरिरहेको छ।






















