काठमाडौं, १७ कात्तिक। तेस्रो नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ।
१७५ रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो। जनकपुरलाई जितबाट रोक्न वेस्ट इन्डिजका आन्द्रे रसल भाग्यमानी सावित भए। उनले जनकपुरका चार खेलाडीलाई पेभेलियन फर्काए।
हसन सैफको अर्धशतकको मद्दतमा जनकपुरले विराटनगरलाई अन्तिम ओभरसम्म फाइट गरेको थियो। तर दुई रनले चुक्ने पुग्यो। अंक तालिकामा जनकपुर र विराटनगर दुवैको चार–चार अंक छ।






















