काठमाडौं, १७ कात्तिक। फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। आज बिहान ८ः१२ बजे एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर र फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एकापसमा ठोक्किँदा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये एक भारतीय नागरिकको मृत्यु भएको हो।
उक्त हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक भने घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
प्राप्त जानकारी अनुसार, दुवै हेलिकप्टर लुक्लाबाट उडान भरेर फेरिचे भन्ने स्थानमा अवतरण ९ल्यान्डिङ० गर्ने क्रममा अचानक सम्पर्कविहीन भएका थिए। त्यसलगत्तै ती दुवै हेलिकप्टर फेरिचे क्षेत्रमा आपसमा ठोक्किएको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
(अन्नपूर्णपोष्टबाट)






















