सिरहा, २४ असार। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्री पठाउने भएको छ। कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो।
कांग्रेसले सरकारमा क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई पठाउन लागेको सांसद क्षेत्रीले जानकारी दिए।
सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको उनले बताए। उनले कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो नलागिसकेको बताए।
राज्यमन्त्रीको भने नाम टुंगो लगाउन बाँकी रहेको छ। राज्य मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए। मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ।