काठमाडौं, १८ असार। भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा एक सय २० बढस् भक्तजनको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरुले भागदौडमा एक सय २० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन्।

हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ।

घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ।

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन्।

lang laife