शल्यक्रियापछि अस्पतालबाट घर जान ठिक्क परेका विरामीहरु खुशीहुँदै खिचाएका सामूहिक तस्विर।

सिरहा, १७ असार। गोलबजारस्थित वर्धमान होस्पिटल प्रालिद्वारा सञ्चालित पाठेघर झर्ने (आङ खस्ने) विरामीको निःशुल्क शल्यक्रिया शिविरमा ३२ जना महिलाको शल्यक्रिया भएको छ। अर्थिक अभावका कारण रोग पालेर बसेका विपन्न तथा गरिव महिलाको निःशुल्क शल्यक्रिया गरेको हो।

एक सातासम्म चलेको शिविरमा ८५ जना महिलाहरुको जाँच गरीएपनि ३२ जनाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशन डाक्टर तेज शंकर यादवले जानकारी दिए। उनका यस क्षेत्रमा आङ खस्ने विरामीहरुले आर्थिक अभावका कारण शल्यक्रिया गरान असमर्थ भएकाहरुको अस्पतालले पूर्ण निःशुल्क शल्यकृया गरेको जानकारी दिए।

विराटनगर पुगेर चेकजाँच गराउँदा अप्रेशन गर्नुपर्ने भनेपछि आर्थिक अभावका कारण अप्रेशन गर्न नसकेका सप्तरीकी सकुनदेवी चौधरीले यहाँबाट निःशुल्क सेवा पाए। विराटनगरका अस्पतालले कम्तिमा ५० हजार बोकेर आउनु भनेपछि चौधरी अप्रेशनका लागि जान सकेका थिएनन्। उनले यहाँ निःशुल्क अप्रेशन हुन्छ भन्ने सूचना पाएर आएको बताए।

पाठेघरको अप्रेशनका लागि आएका सिरहाकै गोलबजार ८ का ६४ वर्षिय गोनिया यादवको करिव २ केजीको ट्यूमर समेत निकालिदिएको डाक्टर यादवले जानकारी दिए। स्वास्थ्यसंस्था पेशाको हिसावले खोलिएको भएपनि सेवाभाव पनि आवश्यक रहेकाले आफ्नो तर्फबाट सम्पूर्ण रुपले निःशुल्क पाठेघरको गरेको बताए।

शल्यक्रिया स्त्रि तथा प्रशुतिरोग विशेषज्ञद्वय डा.तेजशंकर यादव र डा.शारीका गोइतको टिमले गरेका थिए। अस्पतालले असार ११ गतेदेखि निःशुल्क शल्यक्रिया शिविर चलाएका थिए। 

सुत्केरी भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा महिलाहरुमा पाठ.घर खस्ने समस्या हुने डा गोईतले बताए। प्रायः ३५ वर्षमाथिमा महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ। नेपालमा सरदर ६०–६५ प्रतिशत महिला यो रोगबाट पीडित रहेका छन्।

santi nikunja