सिरहा, १० असार। नगर विकासको लागि सवै दल र व्यक्तिको सहयोग आवश्यक रहेको पुर्व मन्त्री तथा प्रतिनिधि सभासदस्य लिलानाथ श्रेष्ठले बताएको छ।
सिरहाको गोलबजार नगरपालिकाको ११ औं नगर अधिवेशनको उद्घाटन कार्यक्रमा पूर्व मन्त्री समेत रहेका श्रेष्ठले विकासको काममा सवै एक जुट हुनुपर्ने बताएको हो।

उनले हामी चुनावमा निश्चित पार्टीको टिकट र छाप लिएर उठ्छौं; निर्वाचित भईसकेपछि जनप्रतिनिधी भनेको सवैको साझा हुनुपर्छ भन्दै जनप्रतिनिधीहरुले आ–आफ्नो क्षेत्रबाट विकासको काममा लाग्न आव्हान गरे।fhd

उनले विकासमा सहकार्यको साथै यसको निगरानी पनि जरुरी रहेको बताए। उनले भने, ‘हामी विकासको योजना ल्याउन, विकासको काम गराउन एक जुट हुनै पर्छ। त्यसको साथै विकासको कामहरुको उचित निगरानीको पनि जरुरी छ।’
मन्तव्यकै क्रममा पत्रकारहरुले नगरपालिकाका जनप्रतिनिध र कर्मचारीलाई विनाकारण दुःख दिएको भन्दै आक्रोस व्यक्त गरे।

उनले पत्रकारहरुले भए नभएको विषय लेखेर, जनप्रतिनिधी र कर्मचारीलाई ‘टर्चर’ दिएको भन्दै नियतवस गोलबजारका जनप्रतिनिधी र कर्मचारीलाई दुःखदिएको आरोप लगाए।

सोही क्रममा उनले गोलबजार लगडी गदियानी सडकको काम सुस्त र गुणस्तरहिन भएको भन्दै त्यसमा निगरानी आवश्यक रहेको बताए।
उद्घाटन कार्यक्रममा मधेश प्रदशेका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले गोलबजार सहित सिरहाको विकासमा आफ्नो तर्फबाट सवैखालको पहल कदमी रहने बताए। उनले भने, ‘प्रदेशमा सरकार गठनको चटारोविच बनेको बजेटमा गोलबजार तथा सिरहाको विभिन्न योजना किटान गरेरै राम्रो बजेट निर्माण गरेको छु।  योजना लागुभएपछि सवैले सहजै जानकारी पाउने छन्।’

dsdh कार्यक्रममा प्रदेशसभा सदस्य साहिदा खातुन, मनोज कुमार सिंह, नेपाली काँग्रेसका चन्द्रेव यादव, नेकपा एमालेका राजकिशोर महतो, नेकपा –माओवादी केन्द्र)का जीवन कुमार यादव, जनता समाजवादीका हरिनारायण यादव, जनमतका रामप्रदेश महतो, लोकतान्त्रिक समाजवादी पार्टीका रामऔतार यादव, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहलगायतले नगरसभा सफलताको कामना गरेका थिए।

उनीहरुले नगरसभाको सफलताको कामनासँगै नगरमा भएका बेथितीका कारेमा पनि आफ्ना भनाईहरु राखेका थिए। बक्ताहरुले नगरमा हुने विकासका काममा उपभोक्ता समिति गठन हुने र समिले ठेकेदारमार्फत काम गर्ने परिपाटी मौलाएको भन्दै यसलाई रोक्न माँग गरे।

उनीहरुले वडा अध्यक्षहरुले काम गर्नै नसक्ने व्यक्तिहरुलाई किन उपभोक्ता समितिमा राख्छ? समिती बनीसकेपछि नजिकका ठेकेदारहरुबाट काम गराउँछ? भन्ने जनप्रतिनिधीसँग प्रश्न गरे।

नगर प्रमुख श्याम कुमार श्रेष्ठले उपभोक्ता समिति गठन गर्ने र समयमा काम नगर्ने परिपाटी बढेको र ठेकेदारलाई जिम्मा लगाउने गरेको आफूले पनि जानकारी पाएको स्वीकार गरे। तर, उनले यसलाई कसरी नियमन गर्ने र सहि ढङ्गले काम गर्ने भन्ने बारेमा केही बताएनन्।

सोही क्रममा नगर प्रमुख श्रृष्ठले नीति तथा कार्यक्रम प्रस्तु गरेका थिए। नीति तथा कार्यक्रममा छलफल पछि आज बजेट सहितको नीति तथा कार्यक्रम पारीत गर्ने नगर प्रवक्ता संजित लामाले जानकारी दिए।