सिरहा, ७ असार। मधेश प्रदेशका अर्थ मन्त्री भरत प्रसाद साहले विगतमा जस्तो चोरबाटोबाट योजनाहरु पान तथा चिया दोकानहरुबाट १०–१५ प्रतिशतमा विक्रि नहुने प्रतिबद्धता जनाए। जिल्लाको मिर्चैया नगरपालिकाको १३ औं नगसभालाई सम्वोधन गर्दै विगतमा देखिएको वेथितिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

447843518_308793508992908_2408278647168007879_n

मन्त्री साहले आर्थिक वर्ष २०८१/८२ बाट ५० लाखभन्दा माथिको योजनामात्र मन्त्रालयहरुले राख्न पाउने गरी योजनाहरु बनेको जानकारी दिए। र, सम्पूर्ण योजनाहरु ठेक्का प्रकृयाबाटमात्र लाग्ने बताए। उनले भने, ‘यसले पान पसलबाट वितरणहुने योजना रोकिन्छ। थोरै योजनाहरु भयोभने प्राविधिकहरुले पनि राम्रोसँग काम गर्ने बातावरण बन्छ र ठेक्कामा जाँदा घटाघटबाट लिने प्रकृयाले केही रकमको पनि बचत गर्छ।’

‘अवका दिनमा प्रदेश सरकारले मन्दिर बनाउन दुई लाख, थान बनाउन एक लाख, बाटो ग्राभेल गर्न ५ लाख जस्ता योजनाहरु बनाउँदैन। यस्ता मसिना योजनाहरु वडा र पालिकाहरुले गर्छ; मन्त्री साहले भने।
उनले यो वितरणमुखि योजनाका कारण मधेश सरकार बदनाम भएको भन्दै समयमै अख्तियारी दिने र काम सम्पन्न गर्ने गरी ठूला योजना बन्ने र लागु गर्ने बताए।

उनले कुनै मन्त्री, सासंदको महुँचको भरमा कुनै पालिकामा ५० करोड र कुनैमा ५–१० लाख जाने परिपाटीको पनि अन्त्य गरेको बताए। उनले भने, ‘कसैको प्रभाव, दवावमा बजेट जाँदैन। सवैले निीत अनुसार नै बजेट पाउँ छ। महानगरपालिकाले एक करोड ५० लाख पाउँछ, उपमहा नगरपालिकाले एक करोड २५ लाख पाउँछ, नगरपालिकाले ९५ लाख र गाउँ पालिकाले ८० लाख पाउँछ। कसैमाथि विभेद हुन्न।’

‘अव योजना र बजेट चियापसलबाट वितरणहुने प्रकृया पुरै रोकिन्छ। सिधै पालिकाहरुको खातामा जान्छ। यसले भ्रष्टचार सून्यताको लागि ठूलो कदम हो; मन्त्री साहले भने।

सम्वोधनकै क्रममा मन्त्री साहले चुरे क्षेत्रमा रहेका साना नदिहरुलाई एकैठाउँमा जोडेर तराईको भूमि सिंचित गर्ने व्यस्था मिलाउन मधेश सरकारले नयाँ योजनको रुपमा ल्याएको बताए। उनले पानीको सतह कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरे।

उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले पर्यटकीय हव बनाएर पर्यटन विकासको कामलाई अगाडी बढाउने योजना बनाएको जानकारी दिए। उनले सिरहा–सप्तरी सहलेश हव, धनुषा–महोत्तरी जानकी हव, सर्लाही–रौतहट र बारा–पर्सालाई छुट्टा छुट्टै हवको रुपमा विकास गर्नेगरी काम अगाडी बढाएको बताए।

‘स्थानीय पर्यटन विकासको लागिस्थानीय सरकारसँग सहकार्य, समन्वय र सहलगानीको लागि म आव्हान गर्दछु; भने।

सोही क्रममा मन्त्री भट्टराईले हाम्रोमा विशेषगरी भारतीय पर्यटक आउने बताउँदै उनीहरुलाई तीन दिनसम्म टिकाउन सक्ने योजना अनुसार काम गर्न आवश्यक रहेको बताए।

नगर अधिवेशनमा वन मन्त्री त्रिभुवन साह, प्रदेश सभा सदस्य कंचन बिच्छाले तिनै तहको जनप्रतिनिधी मिलेर बिकासलाई गति दिनु पर्नेमा जोड दिए। उनीहरुले नीति तथा योजनामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्न सुझाव।

प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले सन्तुलित बिकास, सुशासनलेमात्र समृद्धिको कल्पना गर्न सकिने भन्दै नगर सभाको सफलताको कामना गरे। उनले अव मनसुनजन्य बिपत्तको जोखिम आउन सक्ने भन्दै बिपत्त प्रतिकार्य योजना बनाउन सुझाव दिए।

भित्र नगरसभा चलिरहँदा बाहिर भने विरोध प्रदर्शन

8cf53ddb-6209-48d7-93f0-938b70603e74

सभाहलमा नगरसभा चलिरहेको बेला बाहिर भने विरोध प्रदर्शन भइरहेको थियो। विरोधमा उत्रिएकाहरुले नगर प्रमुख श्रवण कुमार यादवले मनोमानी ढङ्गले नगरपालिका चलाएको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले मेयर यादवले मनोमानी गरेको र आम जनतालाई भोट बैंकको रुपमा प्रयो गरेको आरोप लगाए। उनीहरुले हामी भोट बैंक मात्रै हौं? बालुवा गिट्टीले मात्र विकास हुने हो? शिक्षामा सुधार कहिले? दुई कार्यकाल हुँदापनि मिर्चैयाको विकास कहिले? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले हामीले आफ्ना माँगहरु सभ्य तरिकाले प्रस्तुत गरेको बताउँदै आउँदा निदहरुमा अनियमितता र मनोमानी नरोकीए विरोधका स्वरुपहरु फेरीन सक्ने बताए।