आमा बुवाको सम्झनामा उत्कृष्ट छात्र–छात्रालाई छात्रवृति प्रदान

    • जेठ २९, २०८१
    • २८२ पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, २९ जेठ। सिरहाको धनढीमाई नगरपालिका १२ विष्णुपुरकट्टीस्थित तुलसीराम सत्यभामा माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना उत्कृष्ट छात्र–छत्रालाई छाबवृतिस्वरुप १०/१० हजार नगद प्रदान प्रदान गरेका छन्।

    विद्यालय परिसरमै एक समारोहको आयोजनागरी स्वर्गीय जुगुमान र जवलक्ष्मी श्रसेष्ठको सम्झनामा अमेरीका बस्दै आएका छोरा इन्जिनियर विष्णु श्रेष्ठ र बुहारी मञ्नु श्रेष्ठले यहाँ अध्ययनरत छात्र–छात्रालाई जनही १० हजार नगरद, झोला र अभ्यासपुस्तीका (कपी) प्रदान गरेका हुन्।

    श्रेष्ठले पछिल्लो पाँच वर्षदेखि प्रत्यक वार्ष यस विद्यालयमा अध्ययन गरिरहेका उत्कृष्ट छात्र–छात्रालाई छात्रवृति स्वरुप रकम दिंदै आएको विद्यालका निमित्त प्रधानाध्यापक राम नारायण महतोले जानकारी दिए छ।

    यस वर्ष कक्षा ९ का छात्रा पूजा महतो र १० का छात्र अविनास महतोलाई एक थान झोला, कपीसहित १०/१० हजार नगद प्रदान गरिएको निमित्त प्रअ महतोले जानकारी दिए। उनीहरु दुवैजना आ–आफ्ना कक्षाका प्रथम विद्यार्थीहुन्।

    धनगढीमाई नगरपालिका वडा नम्वर १२ का पूर्व वडा अध्यक्षसमेत रहेका श्रेष्ठका आफन्त बलरामभक्त श्रेष्ठले छात्रवृति रकम हस्तान्तरण गरेका थिए। हस्तान्तरण समारोहमा उनले यो कार्यक्रम हामी रहुञ्जेलसम्म निरन्तर चलिरहने प्रतिबद्धता पनि जनाए।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल