नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष यादव र तत्कालिन प्रशाशकीय अधिकृत कुसियैत सहित १४ जना विरुद्ध अख्तियारले दिए मुद्दा

    • जेठ २८, २०८१
    • २९० पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, २८ जेठ। सिरहाको नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, तत्कालिन प्रशाशकीय प्रमुखसहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। नवराजपुर २ मझौरास्थित रामजानकी दलित आधारभुत विद्यालयको अधुरोकार्य पुरा गर्न मधेश प्रदेश सरकारबाट आएको १४ लाख ५१ लख पाँच सय ५१ रुपैयाँ रुपैयाँ कामै नगरी हिनामिना गरेको आरोपमा पूर्व अध्यक्ष विश्व महोन यादव र तत्कालिन प्रमुख प्रसाशकीय अधिकृत १४ लाख ५१ लख पाँच सय ५१ रुपैयाँसहित १४ जना विरुद्ध आरोपत्र दायर भएको हो।

    आर्थिक वर्ष २०७७÷०७८ मा विद्यालयको अपुरो कार्य पुरा गर्ने योजनामा विद्यालय भवनको काम नै नगरी, नभएको कामलाई भएको गरेको भनी, नापी विताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको विलमा चढाई झुठो मूल्याङ्कन गरी मुक्तानीको लागि स्वीकृति गरी गराई, फिल्डमा नभएका,े नगरेको कार्यलाई भएको भनी देखाई १४ लाख ५१ लख पाँच सय ५१ रुपैयाँ मुक्तानी दिई गाउँपालिकाको हानी नोक्सानी पुर्याउने बद्नियतले उपभोक्ता समितिलाई मुक्तानी दिने लिने कार्य गरे गराएबाट भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको अख्तियारव्दारा जारी विज्ञप्तीमा उल्लखे गरेको छ।

    दायर पत्रमा उनीहरुविरुद्ध भष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उप दफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संल्न प्रतिवादीहरु उपर बिगो बमोजिमको जरीवाना सजाय हुने माँगदाबीसहित आयोगले विशेष अदालत काठमाडौंमा आरेप पत्र दाय गरिएको हो।

    आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनियर कृष्ण साह र सव इन्जिनियर सन्तोष कुमार यादव विरुद्ध मुद्दा दायर गरेको छ। त्यसैगी, उपमोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषायक्ष धुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलहाविरुद्ध पन मुद्दा परेको छ।

    आयोगले गाउँ पालिकाका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, तत्कालीन योजना प्रमुख रमेश कुमार निधी, जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा नम्वर ४ का अध्यक्ष मदन यादव, ५ का अध्यक्ष मनोज कुमार यादव र २ नम्वरका वडा अध्यक्ष खुशिलाल साह विरुद्ध मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरी घिमिरेव्दारा जारी विज्ञपीमा उल्लेख गरेको छ।

     

     

     

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल