प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

    • जेठ २८, २०८१
    • २०८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बिशाल बस्नेत

    महोत्तरी , २८ जेठ। महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ। बर्दिवास १२  बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो।

    कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी वन्दा पनि रोक्न नसकेको स्थानियहरुले आरोप लगाएका छन।

    जन्मदर्ता अनुसार केटीको उमेर १६ बर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले वताए।

    केटीका वुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी समेत दिएका थिए ।

    अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आफ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाँउमा अभिभावकहरुमा सहमति वनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले वताए।

    विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानियहरुले प्रहरीलाई खवर गर्दा पनि उनीहरु घटनास्थलमा नआएको स्थानियहरुको गुनासो छ । तर प्रहरीले भने यो बिषयमा जानकारी नभएको दावी गरेको छ।

    केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले वताए।

    स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि वालविवाह भएको स्वीकार गरेका छन । 'स्थानियहरुले मलाई पनि फोन गरेर जानकारी गराएका छन ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्याँहा जादै छु।'

    न्युज कारखाना ।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल