महोत्तरीमा मोटरसाइकलमा आएका समूहद्वारा युवकमाथि गोली प्रहारगरी लुटपाट

    • जेठ २८, २०८१
    • १८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, २८ जेठ। महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटेको छ। महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी नामले परिचित विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको हो।

    गौशाला बजार जाँदै गर्दा मरहा खोला पुगेकाबेला मोटरसाइकलमा आएका दुईजना हतियारधारीको समूहले गोली प्रहार गरी लुटपाट गरेको
    जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।

    डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका महतोलाई उपचारको लागि जनकपुर पुर्याएको छ।

    घटनास्थलमा दुईवटा गोली फेला परेको छ। दुई वटा भने फायर भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान गर्दै गोली प्रहर गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल