विपद् उद्धारमा आवश्यक उपकरण सहयोग गर्ने मुख्यमन्त्री सिंहको प्रतिद्धता

    • जेठ २७, २०८१
    • २४६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सिरहा, २७ जेठ। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्राकृतिक प्रकोप प्रभावितको उद्धारका लागि मधेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ।

    नेपाली सेनाद्वारा कर्जन्हा नगरपालिका अन्तर्गत कमला नदीको उत्तरवाहिनीमा आयोजित प्रदेश स्तरीय विपद् व्यवस्थापन ‘अभ्यास संयुक्त उद्धार २०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री सिंहले मधेश डुवान उच्च जोखिममा रहेकाले उद्धार कार्यमा सरकार सहयोगी रहने बताएको हो।

    ss

    मुख्य मन्त्री सिंहले विपद् उद्धारमा आवश्यक पर्ने औजार तथा सामग्रीहरुका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिद्धता व्यक्त गरे। उनले नेपाली सेना र सशस्त्र प्रहरीको प्रदेश स्तरीय विपद् व्यवस्थापन ‘अभ्यास संयुक्त उद्धार २०८१’ अत्यन्त सफल र प्रभावकारी रहेको भन्दै प्रशंसा गरे।

    मुख्य मन्त्री सिंहले मधेश डुवान र कटानको उच्च जोखिममा रहेकोे बताउँदै यहाँ रहेका नेपाली सेना र सशस्त्र प्रहरीको प्रत्येक गुल्म तथा गणहरुमा तालिम प्राप्त गोताखोर युनिट राख्ने व्यवस्था मिलाउन आग्रह गरे।

    उनले भने, ‘मधेशमा डुवानको उच्च जोखिममा छ। वर्षाको समयमा यसको जाखिम झनै उच्च हुने गर्छ। त्यसैले अवका दिनहरुमा प्रत्यक गुल्म तथा गणहरुमा तालिम प्राप्त गोताखोर युनिट राख्ने व्यवस्था मिलाउन आग्रह छ।’

    मुख्य मन्त्री सिंहले मधेश प्रदेश बाढी तथा डुवानका दृष्टिकोणबाट अति संवेदनशील रहेकाले विपद् उद्धारका लागि हमेसा साधन श्रोत र जनशक्ति सम्पन्न भएर रहनु पर्नेमा जोड दिए।

    प्रदेश स्तरीय विपद् व्यवस्थापन ‘अभ्यास संयुक्त उद्धार २०८१’ मा चोहर्वास्थित २७ नम्वर वाहिनी अड्डा, नन्दा वक्स गण तथा मधेश प्रदेशका अन्य गणहरु र सशस्त्र प्रहरीको युनिटले संयुक्त रुपमा उद्धार कला प्रदर्शन गरेका थिए।

    अभ्यासका क्रममा बर्षाका बेला खोंचमा फसेका मानिसलाई डोरीको माध्यमबाट उद्धार गर्नेे, उद्धारपछिको प्राथमिक उपचार र त्यस पछि थप उपचारका लागि कसरी पठाउने कार्यको प्रदर्शनी गरेका थिए।

    अभ्यासकै क्रममा बाढी पहिरोमा परेका स्थानीयहरुलाई राहत, पुनस्र्थापनाका स्थानीय र उद्धाकर्ताको भूमिकालाई चित्रण गरिएको थियो।

    बाढी तथा ढुवानमा परेकाहरुलाई तत्काल स्थानीय स्रोतसाधनबाट गरिन सक्ने उद्धारका कार्य र विधिहरुका बारेमा पनि प्रदर्शन गरेका थिए।

    प्रकोप नियन्त्रणको लागि आकस्मिक रुपमा तटबन्ध निर्माण गर्ने, हेलिप्याड बनाउने र स्थानीय स्तरका उद्धार र पुनस्र्थापना गर्ने तौर तरिकाका विषयमा पनि अभ्यास प्रदर्शनी गरीएको थियो।

    प्रदेश स्तरीय विपद् व्यवस्थापन ‘अभ्यास संयुक्त उद्धार २०८१’ कार्यक्रममा कानून मन्त्री बिमला अन्सारी, मध्य पूर्वी पृतनाका पृतनापती मधेश प्रदेश अन्तर्गत मन्त्रालयका सचिवहरु, विभिन्न पालिकाका प्रमुखहरुको उपस्थिति रहेको थियो।

    प्रदेश स्तरीय विपद् व्यवस्थापन ‘अभ्यास संयुक्त उद्धार २०८१’ को उद्धार अभ्यासमा सयौं सैनिकहरुले भाग लिएका थिए । सो अवसरमा विपद् उद्धारका लागि आवश्यक सामाग्रीहरु पनि पदर्शन गरिएको थियो।

    sss sssss ssssss sssssss

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल