काठमाडौंबाट पाँचलाख नक्कली नोटसहित दुई महिला पक्राउ

    • जेठ २७, २०८१
    • २०८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २७ जेठ। काठमाडौं प्रहरीले नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। नक्कली नोटको कारोबार गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले कलंकीबाट चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका ५ का ४१ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गरेको हो।

    नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको सूचनाको आधारमा प्रहरीले तारादेवीलाई पक्राउ गरेको जनाएको छ। उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५ लाख १४ हजार) नक्कली नोटसहित शनिबार राति बरामत गरेको जनाएको छ।

    तारालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो। उनलाई नागर्जुन ५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    परिसरले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिए।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल