सिरहा, २६ जेठ। नेपाल तरुण दल सिरहाले आफ्ना अध्यक्ष शरदराजा शाहीलाई लुटपाट र कालोमोसो दलेको घटनामा संलग्नलाई कार्वाहीको माँग गरेको छ। तरुण दलको जिल्ला बैठकमा भागलिन घर गोलबजार नगपालिका १ बाट मिर्चैया जाँदैगर्दा बाटो गोलबजार २ टोड्केको सामुदायीक वनक्षेत्रमा धारीलो हतियार देखाई सुनको सिक्री, घडी र १५ हजार नगर लुटपाट र कालोमोसो दल्नेहरुलाई कार्वाहीको माँग गरेको हो।
दरुण दलका उपाध्यक्ष भरत यादवद्वारा जारी प्रेस विज्ञप्तीमा बैठकमा भागलिन हिडेका शाहीलाई बाटोमा हतियार देखाएर नरहा गाउँ पालिका २ का अरविन्द मण्डल, जितेन्द्र यादव, गोलबजार ४ का श्रवण मण्डल, ५ का प्रेम थापाले लुटपाट र मोविल दलेको भन्दै उनीहरुलाइ कार्वाहीको माग गरेको छ।
तरुण दलभित्र गुट तयारपारी भाँडभैलो मच्चाएको भन्दै शाहीलाई कालो दलेको अर्को पक्षले बताएको छ। अरविन्द मण्डल अको तरुण दलकै अर्को खेमाको जिल्ला अध्यक्ष हुन्।