सूर्तिजन्य, मादक, लागु पदार्थ सेवन न्यूनिकरणका जिल्लाभरी सञ्जाल गठन गर्ने

    • जेठ २६, २०८१
    • २४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २६ जेठ। जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतोले जिल्लाका सवै सरकोकारवालाहरु आ–आफ्ना ठाउँबाट प्रतिबद्ध भएर लागे लागु औषध न्यूनिकरण गर्न समय नलाग्ने बताएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिरहाले गोलबजारमा शनिवार आयोजना गरेको सूर्तिजन्य पदार्थ, मादक पदार्थ, लागु पदार्थ सेवन न्यूनिकरण सम्वन्धि सरोकारवालाहरुसँको अन्तक्रिया कार्यक्रममा अधयक्ष महतोेले जिल्लाका सवै स्थानीय तहसहित सरोकारवाल निकाय प्रतिबद्ध भए न्यूनिकरणमा समय नलाग्ने बताएको हो।

    438137488_1605621643314438_3171525979491020005_n

    सिरहा जिल्लामा लागु औषध दुर्वेशनीको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष महतोले यसको रोकथाममा स्थानीय सरकार, यसका अंगहरु र सरोकारबाला निकायले तत्काल कदम चलाउनु पर्नेमा जोड दिए। उनले भने, ‘अहिले सवैभन्दा नजिकको र सवल सरकार भनेकै स्थानीय सरकार हो। उहाँहरुले चाहनुभएको खण्डमा र योजना बनाएर लागे दुर्वेशनीको न्यूनिकरण हुने निश्चित छ। यसका सवै प्रतिबद्ध हुन जरुरी छ।’

    सिरहाका स्थानीयहका प्रमुखहरुले सिरहामा लागु पदार्थ दुर्वेशनीका कारण युवापुस्ता ध्वास्त भएकोप्रति चिन्ता व्यक्त गर्दै यसको रोकथाममा आवश्यक सवैखालका कार्यहरु गर्न तयार रहेको बताएको छ। उपस्थित गाउँ पलिका अध्यक्ष तथा नगर पालिकाका प्रमुखहरुले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममै यस विषयलाई पनि समेट्ने प्रतिबद्धता जनाए।

    अन्तकृया कार्यक्रममा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो, गोलबजारका श्याम कुमार श्रेष्ठ, कर्जन्हा नगरपालिकाका भोलाप्रसाद पोखरेल, औरही गाउँ पलिकाका अध्यक्ष शिवजी यादव, विष्णुपुर गाउँपलिकाका अध्यक्ष .. यादवले प्रतिबद्धता जनाएको थिए।

    अन्तरक्रिया कार्यक्रममा विभिन्न पालिकाका उपमेयर तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी ....ले सिरहामा लागुपदार्थ सेवन तथा ओसारपोसार रोकथाममा कामगर्न समस्या रहेको बताए। उनले उचित सुधार गृहहरु नहुँदा र दुर्वेशनी तथा कारोवारीहरु प्क्राउ पर्नासाथ यहाँका कहलिएका व्यक्तिहरुबाट छोड्न दवाव आउने बताए।

    उनले भने, ‘हाम्रो उदेश्य भनेको कानुनको मातहतमा रहेर कुलतमा फसेकाहरुलाई सहि बाटोमा ल्याउने नै हो। तर यहाँ कुनै कारोवारी वा सेवनकर्ता पक्राउ पर्नासाथ शक्तिकेन्द्रहरुबाट छोड्न दवाव आईहाल्छ। यसले युवापुस्तालाई झन खराव बाटोमा धकेली रहेको छ।’

    प्रहरीले आफ्नो तर्फबाट पनि लागु औषध न्यूनिकरणका लागि विभिन्न स्थानमा पुगेर जनचेतनामूलक कार्यहरु गर्दै आएको बताउँदै कारोवारीहरुलाई पक्राउ गर्ने र कानुनी कार्वाही पनि उत्तिकै गरेको बताए।

    अन्तकृया कार्यक्रममा जिल्ला सरकारी वकिलका कार्यालय सिरहाले सूर्तिजन्य तथा लागु पदार्थ उत्पादन, प्रयोग र ओसार पोसार विरुद्धको कानूनको विषयमा सहजीकरण गरेका थिए।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहासँगको समन्वयमा भएको अन्तरकृया कार्यक्रमको अध्यक्षता निमित्त प्रमुख जिल्ला अधिकारी लिलकण्ठ पैडेलले गरेका थिए।

    आयोजक जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले लागु औषधको प्रयोगले लाग्ने शारिरीक तथा मानशीक रोग, यसको सामाजिक असरका बारेमा जानकारी गराएका थिए।

    उनले अहिले सवैभन्दाबढी मानिसको नसर्ने रोगबाट मृत्यु भईरहेको बताए। धेरै यस्ता रोग सूर्तिजन्य पदार्थ, मादक पदार्थ, लागु पदार्थ सेवनका कारण लाग्ने गरेको प्रमुख यादवले बताए।

    अन्तरकृया कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, स्वास्थ्य शाखा प्रमुखहरु, पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

    अन्तरक्रिया पछि सूर्तिजन्य पदार्थ, मादक पदार्थ, लागु पदार्थ सेवन न्यूनिकरणका लागि सवै सरकोकारबालाई समेटेर टोल देखि जिल्ला सम्मको सञ्जाल गठन गर्ने सहमति भएको आयोजक जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल