रौतहटमा घाँटी रेटी हत्या गरिएको अवस्थामा भारतीय नागरिकको शव भेटीयो

    • जेठ २२, २०८१
    • १५५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट, २२ जेठ। भारतीय सीमानासँग जोडिएको रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको शव फेला परेको छ। राजपुर १ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

    घटनाको प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी एलिजा गिरीले जानकारी दिइन्। मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना रहेको खुलेको छ।

    स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको तथा शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सूचना अधिकारी गिरीले बताएकी छिन्। शवको केही पर सिजे ०१ २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ।

    उनको सोही ठाउँमा हत्या गरिएको हो वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन। प्रहरीले घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल