निगमले पेट्रोलियम पदार्थको मुल्य घटायो

    • जेठ १८, २०८१
    • २३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १८ जेठ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो।

    निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ।

    मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ।

    भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ।

    petrol 1

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल