महिनाबारी भनर होइन अवसरको रुपमा लिनुपर्नेमा अभियानकर्मीको जोड

    • जेठ १७, २०८१
    • २९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १७ जेठ। सिरहाको लहानमा बुधबार विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा ‘महिनावारी भार होइन, प्रकृतिले दिएको उपहार हो’ भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको छ।

    DJKYC LAHAN

    महिनाबारीलाई अवसरको रुपमा लिने उद्देश्यले आयोजना गरेको मेलामा लहान नगरपालिकाका १७ वटा विद्यालयका किशोर–किशोरी लगायतहरुको सहभागिता रहेको थियो।

    महिनावारीलाई स्वच्छ बनाउनको लागि घर र विद्यालयमा सामाग्री तथा संरचना मात्र भएर नहुँने भन्दै सबैको महिनाबारीप्रति सकारात्मक सोच भयो भने मात्र महिनाबारी भएको किशोर किशोरीमा देखा पर्ने समस्या हटेर जाने अभियन्ताहरुले जानकारी दिए।

    विशेषतः तराई मधेशमा महिना बारीको बेला किशोरीहरुले विद्यालय नआउने, सरसफाईमा ध्यान नदिने, पौष्टिक आहार अपुग हुने जस्ता खालका समस्या हालसम्म पनि यथावतै रहेको उनीहरुको कथन रहेको छ।

    महिनावारीका वारेमा विद्यालयका विद्यार्थीलगायत अन्यलाई समेत जानकारी गराउने उद्देश्यले आयोजित मेलामा लहान नगरपालिकाका १३ वटा विद्यालयका करीव ४ सय जना शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो। मेलाको उद्घाटन शत्रमा प्रमुख अतिथी नगर प्रमुख महेश प्रसाद चौधरीले महिनावारीका वारेमा समाजमा रहिआएको हानीकाराक परम्परा, कुरितीहरुलाई जनचेतनामुलक कार्यक्रमहरुको माध्यमवाट हटाउदै लैजानुपर्ने बताए।
    सोही क्रममा सरसफाई अभियान्ता धिरेन्द्र साहले महिलाहरुले महिनावारीको समयमा सरसफाईमा विशेष ध्यानदियो भने पाठेघर स्वच्छ हुन्छ र पाठेघर स्वच्छ भए महिनावारी पनि स्वच्छ हुने बताए।

    त्यसैगरी, मेलामा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज वनैता, श्री माध्यामिक विद्यालय हनुमानगर व्रम्हाण गौछाडीका प्रधानाध्यापक राजेन्द्र प्रसाद यादव, माध्यामिक विद्यालय पडरिया थारु टोलका शिक्षक सुकुमाया रमौली, लहान नगरपालिकाका कार्यक्रम संयोजक महेश्वरी चौधरी लगायतले महिनावारी स्वच्छताको विषयमा धारणा व्यक्त गरेका थिए।

    मेलामा लहान आधारभुत विद्यालय लहान १ सिङ्गराही मटियर्वा, लक्ष्मण ललिता कुशवाहा माध्यामिक विद्यालय रघुनाथपुर लहान ३, माध्यामिक विद्यालय हनुमानगर व्रम्हाण गौछाडी, माध्यामिक विद्यालय पडरिया थारु टोल, पशुपति आदर्श माध्यामिक विद्यालय, माध्यामिक विद्यालय लहान गोठ, जनता माध्यामिक विद्यालय वैरिया गुदिगाँउ लहान १०, लेखनाथ माध्यामिक विद्यालय लहान २४, माध्यामिक विद्यालय तरेगाना लहान १६, सगरमाथा माध्यामिक विद्यालय ढोडना लहान १५, माध्यामिक विद्यालय लहान ११ पिडरवोनी, राजाजी वावा माध्यामिक विद्यालय र समता स्कुलको सहभागीता रहेको थियो।

    मेलामा लेखनाथ माध्यामिक विद्यालय र लक्ष्मण ललिता कुशवाहा माध्यामिक विद्यालयका विद्यार्थीद्धारा महिनावारी स्वच्छता सम्वन्धी नाटक प्रस्तुत गरीएको थियो भने नृत्य र महिनावारी सम्वन्धी वक्तृत्वकला समेत प्रस्तुत गरेका थिए।

    मेलामा आयोजक संस्था दलित जनकल्याण युवाक्लव र सहभागी विद्यालयको तर्फवाट स्टलहरु समेत राखिएको थियो।

    दलित जनकल्याण युवाक्लव, वाटर एड नेपाल, नेपालखानेपानी संस्थान र लहान नगरपालिकाको संयुक्त आयोजनामा मेलामा वास युनिट र सिएम सि नेपाल पनि सह आयोजकका रुपमा रहेका थिए।

    DJKY LAHAN

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल