फाईल फोटो।

जनकपुरधाम, १३ जेठ। धनुषा प्रहरीले अबैध लागू औषध गाँजा सहित तीन जनालई जनकपुरबाट पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका १३ पिराडी चोकबाट करिब २ सय ५० किलो अवैध लागूऔषध गाँजासहित सर्लाही हरिवन नगरपालिका ८ स्कूल टोलका ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा. प्र. १-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई गाजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्यको नामभने प्रहरीले सार्वजनिक गरेको छैन। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।