सिरहा, १२ जेठ। गोलबजार नगरपालिकाले आइतबारदेखि पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँने भएको छ। आईपीभी खोप अभियान सम्वन्धी नगरपालिका स्तरीय अभिमुखि कार्यक्रमको आयोजना गर्दै गोलबजार स्वास्थ्यशाखाले अभियानबारे जानकारी गराएको हो।

अभियान अन्तर्गत गोलबजार नगरपालिकाका १३ वटै वडामा जेठ १३ गतेदेखि २६ गतेसम्म ६ हजार तीन सय ३५ जना बाल बालिकाहरुलाई खोप लगाउन लागिएको नगर स्वास्थ्य शाखाले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले पोलियो उन्मुलन गर्ने लक्ष्य अनुसार विशेष अभियान अन्तर्गत आइपिभी खोपको अभियान चलाएको नगर स्वास्थ्य शाखाका प्रमुख सरोज कुमार कर्णले जानकारी दिए। नेपालका पछिल्लो २०६७ भदौ १४ गते पोलिया देखिएको थियो। त्यसपछि आजसम्म देखिएको छैन। अन्य देशबाट सर्ने सम्भाना रहेकाले यो विशेष अभियान अन्तर्गत लगाउन लागेको बताए।
अविश्वव्यापी अभाव हुँदा विक्रम सम्वत २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका यो खोपबाट बञ्चित हुनुपरेको थियो। सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकालाई लक्षीत रहेको पनि उनले बताए।

‘तत्कालीन समयमा विश्वव्यापीरुपमा आइभिपी खोपको अभाव भएकाले धेरै मुलुकका बालबालिका खोपबाट बञ्चित हुनुपर्यो; उनले भने, ‘सो अवधिमा जन्मिएका, खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई अनुरोध गर्दछौँ।’

‘आइपिभी खोप ढुवानी तथा भण्डारण दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ; उनले भने, ‘पोलियोविरुद्धको खोप दुई प्रकारका छन्। मुखबाट खुवाइने (ओपिभी) र सुईबाट दिइने आइपिभी हुन्।’

खोप सुरक्षित र भरपर्दो रहेको शाखा प्रमुख कर्णले जिकिर गरे। विश्वा स्वास्थ्य संगठन र नेपालको औषधी व्यवस्था विभागले पनि अनुमति दिएको भएकोले यो एकदमै भरर्दो रहेको बताए।

उनले जनप्रतिनिधीसँग आफ्ना छरछिमेक र विद्यालयहरुमा गएर खोप अभियोनलाई सफल बनाउन सहयोग गरिदिन आव्हान गरे।