सप्तरी, १२ जेठ। सप्तरी प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सप्तरीको खडक नगरपालिका ८ भदैयाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थानसहित सप्तरीकै सुरूङगा नगरपालिका ६ श्रीपुर का ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका ८ का ४२ वर्षीय बम बहादुर तामाङ पक्राउ गरेको हो।
२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ आउँदै गरेको गरेको स. ६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।