कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    • जेठ ११, २०८१
    • १७२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, ११ जेठ। नागरिकता कसुर मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि तीन दिनको म्याद थप गरेको हो।

    अध्यक्ष सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानपछि पुनः म्याद थपका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए। वकिलको कार्यालयले पाँच दिनको म्याद थपको सिफारिस गरेको उनले जानकारी दिए।

    अध्यक्ष सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ता सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्णलगायत सात जनाभन्दा बढी अधिवक्ताले बहस गरेका थिए।

    मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्तासमेत रहेका झाले सरकारले सिरोहियाविरुद्ध दुराशयपूर्ण रुपमा मुद्दा चलाएको बताए। एकै नम्बरका दुई नागरिकता दिनु राज्यको गल्ती भएको भनाइ छ।

    उनले, ‘एकै नम्बरका दुईवटा नागरिकता दिनु राज्यको गल्ती हो। उहाँको नाममा पहिले नै जारी भएको नागरिकताको नम्बर राखेर अर्कालाई पनि नागरिकता दिइएको छ।यो राज्यको गल्ती हो।’

    सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपकाृ कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो। उनलाई सोही दिन जिल्ला अदालतमा धनुषामा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल