व्यवासायीको माँगप्रति वेवास्ता गरेको भन्दै बैंक विरुद्ध नाराबाजी

    • जेठ ७, २०८१
    • ३९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बदमासीको विरुद्धमा स्थानीय व्यसायीले बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेको भन्दै आज व्यसायीहरुले बैंक अगाडी धर्ना र नारावाजी गरेका छन्।

    गोलबजार नगरपालिका ४ आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेश कुमार साहको धितो जमिन बैंकीङ्ग नीयम विपरीत विक्रिगरेकोले तत्काल फिर्ताको माँग सहित बुझाएको ध्यानाकर्षणको वेवास्ता गरेको भन्दै व्यवसायीहरुले बैंकका विरुद्ध नाराबाजी गरेका हुन्।

    तत्कालिन शाखा प्रमुख तेजप्रसाद पोखरेले व्यसायी साहलाई गुमराहमा पारेर विचौलियाको प्रभावमा कडोरौं मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा लिलाम गरी विक्रि गरेपछि स्थानीय व्यसायी आक्रोशित भएका छन्।

    एक साता अघिनै गोलबजार उद्योग व्यापार संघले ध्यानकर्षण पत्र बुझाएपनि वेवास्ता गरेकाले बाध्य भएर आज शान्तिपुर्ण आन्दोलनमा उक्रिएको व्यवसायी विक्रम साहले जनाए। उनले भने, ‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएने मागसहित ध्यानकर्षण पत्र बबुझाएका थियौं। त्यसको वेवास्ता भयो, त्यसैले व्यसायीहरु बाध्यभएर आन्दोलन उत्रनु परेको हो। आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी बैंकले नै लिनु पर्छ।’

    व्यवसायीहरुले यो आन्दोलनलाई पनि बैंकले वेवास्ता गरे भोली देखी चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने बताए।

    साहले एनआईसि एसिया बैंकबाट २०७७ सालमा करिव २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैयाँ ऋण लिएको आरके ट्रेडर्सका संचालक व्यवसायी दुर्गेस साहको भनाई छ। उनले ऋण लिने वेलामा बैंकले ७.९ प्रतिशत व्यावदरमा ऋण स्विकृत गरेको थियो। उनले नियमित रुपमा व्याज पनि बुझाउदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दिका कारण करिव एक वर्षको व्याज वुझाउन सकिरहेको पनि जमिन बेचेर पैसा तिर्ने भन्दा पनि प्रमुख पोखरेलले विभिन्न बहाना बनाएर धितो नै जफत गरेको बताए।

    माफियाको रुपमा उदाउँदै गरका एक व्यसायीले आफ्ना ससुरा महाविर साह महतो सुडीको कैडिको मूल्यमा जमिन खरिद गरेको स्थानीय व्यसायीको आरोप छ।

    त्यसैगरी, पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेलको नाममा विक्रि गएरिएको छ। उनी तत्कालिन शाखा प्रमुख पोखरेलको आफन्त रहेको बताइन्छ।

    यतिमात्र हैन व्यसायी साहलाई छक्याएर क्रेडिट कार्ड निकाली शाखा प्रमुख पोखरेलले आफै चलाएको आरोप छ। उनले साहको नाममा निकालेको क्रेडिट कार्टबाट लाखौं रकम अपचन गरेको बताइन्छ।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल