ईंटा व्यवसायीको समस्याप्रति म गम्भिर छु : एमाले संसदीय दलका नेता यादवल

    • जेठ ५, २०८१
    • ४७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, ५ जेठ। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले नाला, पाटी, पौवासहितका निर्माण कार्यमा अनिवार्य ईंटाको प्रयोग गर्ने व्यवस्था नीती तथा कार्यक्रममा समावेश गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएको छ।

    नेपाल ईंटा उद्योग व्यवसायी महासंघ मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष भेलालाई सम्वोधन गर्दै निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवले यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार विकासको काममा अधिकतम ईंटाको प्रयोगलाई प्राथमिकता दिन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रतिबछा जनाएका हुन्।

    438083786_1589117218536768_4152206440829194843_n

    ईंटा व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको बताउँदै नेता यादवले पछिल्ला दिनहरुमा ईंटाको प्रयोग हुने विकास निर्माणको कार्यमा पनि कङ्क्रिटले ठाउँलिएको व्यसायीहरुको गुनासो सम्वोधन गर्न व्यक्तिगत र पदिय दवैहिसावले तत्पर रहेको बताए। नेता यादवले भने, ‘अहिले बजेट निर्माणको समयह हो। यस्तो बेलामा मधेश सरकार भारी अल्पमतमा छ। बजेट प्रस्तुत हुनेबेलासम्म सरकार गठन भएपनि नभएपनि आफ्नो तर्फबाट ईंटा ब्यसायीकामाँग सम्वोधन गराउन हस्तक्षेपकारी भूमिका रहन्छ।’

    उनले पोखरी सौन्दिरीकरणको नाममा कङ्कीटको अन्धाधुन्ध प्रयोगले पोखरीहरु सुक्न थालेको बताउँदै यस्ता खालका काममा ईंटाको प्रयोग उपयोगी हुने पनि सुझाए। आर्थिक अवस्था चलायमान नहुँदा सवैक्षेत्रको अवस्था कमजोर रहेको बताउँदै नेता यादवले भने, ‘आज ईंटा व्यसायीहरुको आवस्थाबारे जानकारी पाउने अवसर पाए, व्यसायीहरुको समस्याप्रति सरकारलाई उत्तरदायी म पूर्णरुपले सहयोग गर्छु, यो मेरो प्रतिबद्धता भयो।’

    सोही क्रममा ईंटा व्यसायीसमेत रहेका धनुषाको नगराईन नगरपालिकाका प्रमुख विनय कुमार यादवले ईंटा सर्वसाधारणले अत्यधिक प्रयोग गर्ने भएकाले यसलाई भ्याटबाट हटाउनु पर्ने माँग गरे। उनले भने, ‘यो प्राकृतिक उत्पादन हो, धेरै सर्वसाधारण यसका प्रयोग कर्ता हुन्। त्यसैले सर्वसाधारणलाई सहज हुनेगरी यसलाई भ्याटबाट हटाउनु पर्ने हुन्छ।’

    सोही क्रममा उनले कंक्रिट पुरानो भएपछि पुनः प्रयोग त परको विषय भयो व्यवस्थापनमा पनि समस्या हुने बताए। ईंटा पुनः प्रयोग गर्न सकिने र व्यवस्थापनमा पनि सहज हुने भएकाले हरेक विकास निर्माणको काममा यसको प्रयोगलाई महत्व दिनु पर्ने बताए।

    त्यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिकाका मेयर तथा ईंटा उद्योगी रामदुलार साहले आफ्नो पालिकाले विकास निर्माणको काममा ईंटाको प्रयोगलाई प्राथमिकतामा राखेको बताए। उनले आफूले जस्तै अन्य पालिकाले ईंटाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

    नेपाल ईंटा उद्योग महासंघका सचिव चन्द्रदेव यादवले ठूलो लगानीमा रहेको यो व्यवासयबाट व्यवसायीहरु पलायन हुने अवस्था आएको बताए। उनले व्यसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले ठोस नीति अवलम्वन गर्नु पर्नेमा जोड दिए।

    उद्घाटन कार्यक्रममा सल्लाहकार जय कुमार चौधरी, सप्तरी जिल्ला अध्यक्ष दुर्गानन्द साहले व्यसायीहरुको समस्याका बरेमा उजागर गरेका थिए।

    प्रदेश अध्यक्ष विक्रम कुमार साहको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत महोत्तरी जिल्ला अध्यक्ष संजय कुमार चौधरीले गरेका थिए।

    अध्यक्ष साहले ईंटा उद्योगीहरु व्यसायबाट पलायन हुने अवस्था सृजना भएकाले उद्योग संरक्षणको लागि तीनै तहको सरकारको साथ सहयोग आवश्यक रहेको बताए।
    भेलामा मधेश प्रदेशका आठै जिल्लाका जिल्ला अध्यक्ष, केन्द्रीय प्रतिनिधी र प्रदेशका समितिको उपस्थिति रहेको थियो।

    438083289_1183487356000534_2722501836188885630_n 1 438083659_768798305361539_3952827846380107571_n 438051750_1568996520339203_4550122074332120836_n

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल