काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएकाहरूलाई फर्कन आग्रह गरेका छन्।
अध्यक्ष यादवले शुक्रबार एक आह्वानपत्र जारी गर्दै बाटो विराएका सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन्।
‘‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ उनले ‘जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको भन्दै समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा उत्तिकै प्रतिवद्ध भएर पनि भ्रमवस फरक पार्टीमा जानुभएका साथीहरुलाई मूलधारमा आह्वान गर्दछौं।’