सिरहा, १ जेठ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका प्रसाद यादवले सिधै किसान लाभान्वित हुनेगरी कार्यक्रम ल्याउन सरकारमाँग गरेको बताएका छन्।

अखिल नेपाल किसान महासंघ (कान्तिकारी केन्द्र) मधेश प्रदेशको मिर्चैयामा सम्पन्न प्रथम भेलालाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका यादवले प्रधानमन्त्री समक्ष आफूले किसानको हमका नीति तथा कार्यक्र ल्याउन माँग राखेको बताएको हो।

438083663_1654327038753177_5232673890918619550_n

उनले यस विषयमा प्रधानमन्त्री सकारात्मक भएपनि किसानहरुले आफ्नो आवज सरकार समक्ष पुर्याउन संगठित रुपले सडकबाटै आवाज बुलन्द बनाउनु पर्ने बताए। उनले भने, ‘सरकारको विरोध गर्न होइन, आफ्नो कुरा सुनाउन र माँग सम्वोधन गराउन सडकमा आउनै पर्छ।’

‘किसानहरु आफै अगाडी बढे उनीहरुको आवाजले पार्टी र सरकार दुवैको आँखा खुल्ने निश्चित रहेको बताउँदै नेता यावले भने, ‘किसान नै त्यस्तो शक्ति हो, तपाईंहरु सडकमा आउने हो भने सरकार र पार्टी दुवै सचेत हुने छ र तपाईंहरुको माँग पनि सम्वोधन हुने छ।’

भेलालाई सम्वोधन गर्दै पार्टीका मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले उत्पादन वृद्धिको लागि नीजि, सहकारी र राज्यको संयुक्त लगानीमा आधुनिक कृषि प्रणालिमा जोडदिनु बताए। पोखरेलले निर्वाहमुखि कृषि प्रणलिलाई राज्यको समेत लगानी रहने गरी आधुनिक फर्मिङ् प्रणालिमा जानुपर्नेमा जोड दिए।
उनले युवाहरु विदेश पलायन भईरहेको अवस्थामा वृद्धहरुले कृषि धान्न नसक्ने बताउँदै राज्यले आधुनिक कृषि प्रणालि छिटो अवलम्बन गरी उत्पादन वृद्धि गर्नु लाग्नु पर्ने बताए। नेता पोखरेलले भने, ‘युवाहरु विदेश पलाएन भएर जान थालेपछि हामी बुढाबुढीले खेति पाती गर्न सक्छौं ?, सरकाले देशमा आधुनिक कृषि फार्मीङ प्रविधीबाट खेतिपातीगरी कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ।’

पार्टीका नेता विश्वनाथ साहले सरकारले कृषि नीति सहि ल्याउन नसकेको बताए। उनले सरकारले दिने अनुदानहरु बास्तविक किसानसम्म पुग्न नसकेको बताए। उनले भने, ‘सरकारले दिने अनुदान किसानसम्म पुग्न सकेको छैन। कमिशनको खेलमा छद्म किसानहरुले अनुदान रकम कुम्ल्याई रहेको छ। यो परीपाटी सच्चिनु पर्छ।’

भेलाको उद्घाटन कार्यक्रममा नेताहरु महेन्द्र पासन, श्रवण बरबरीया, किसान महासंघका अध्यक्ष चित्रवहादुर श्रेष्ठ, मिर्चैया नगरपालिकाका मेयर श्रवन यादवले मन्तव्य व्यक्त गरेका थिए।

प्रदेश अध्यक्ष प्रेम बरालको अध्यक्षतामा सम्पन्न भेलामा महासचिव नगेन्द्र खड्काले प्रतिवेदन पेश गरेका थिए। भेलालाई महासंघका सचिवालय सदस्य रामचन्द्र महतोले स्वागत गरेका थिए।

भेलाले रामकुमारी महतोको अध्यक्षतामा ६१ सदसीय प्रदेश कमिटी गठन छ।