सिरहामा हतियारसहित आएका समुद्वारा लुटपाट, पाँच जना घाइते

    • जेठ १, २०८१
    • २६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt


    सिरहा, १ जेठ। सिरहामा गएराती हतियारसहित आएका लुटेरा समुहले ६ घरमा लुटपाट गरिएका छन्। जिल्लाको लहान नगरपालिका १७ हरिपुरमा गएराती करिव १५ जनाको समूहमा आएका डाका समूहले राजदेव यादब, अजय कुमार यादब, रामवावु ठाकुर, रामअवतार ठाकुर, राम प्रसाद यादव र निरञ्जन यादबको घरमा लुटपाट गरिएका हुन्।

    हतियारसहित आएका डाँकाहरुले करिव ७ लाख वरावरको धनमाल लुटेर लगेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी विष्णु सोतील जानकारी दिए।

    डाकाको आक्रमणबाट २५ वर्षिय योगेन्द्र यादब ३० वर्षिय निरञ्जन यादब, ६७ वर्षिय देव नारायण साह, ४५ वर्षिय मनिलाल यादब र ३० वर्षिया निरसी देवी ठाकुर घाइते भएका छन्। घाईतेमध्ये डाकाहरुले पड्काएको बमको छर्रा लागेका योगेन्द्र यादब र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ। बाकीको प्रदेशीक अस्पताल लहानमा उपचार भईरहेको छ।

    थानियले गाँउमा डाकाहरु आएको जानकारी गराए लगतै पुगेका प्रहरीले डाकातहरुलाई करिव दुई किलोमिटर सम्म खेदेर पक्राउ गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
    यता, घटनावारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जनाएको छ। घटनालाई लक्षित गरी जिल्लामा व्यापक प्रहरी परिचालन गरिएको प्रवतmा सापकोटाले बताए।

    पछिल्लो समय तराईका जिल्लाहरुमा लुटपाटको घटनाहरु बढ्नथालेपछि स्थानियहरु क्रसित बनेका छन।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल