माफिया र बैंक कर्मचारीको मिलेमत्तोमा व्यसायीको धितो जमिन विक्रि, तत्काल फिर्ता गर्न व्यसायीको अल्टिमेटम

    • वैशाख ३१, २०८१
    • ७८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले माफिया र विचौलियाको प्रभावमा व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा बेचेको भन्दै आपत्ति जनाएको छ। गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेस कुमार साहलाई गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापतकको जग्गा लिलाम विक्रिगरेको प्रति उद्योग व्यापार संघ गोलबजारको ध्यानाकर्षण भएको हो।

    व्यसायीलाई थाहै नदिई बंैकले निश्चित विचौलियाको प्रलोभनमा परी निलामी बिक्रि गरेको हुँदा यस संघको गम्भिर ध्यानाकर्षण र आपत्ति रहेको भन्दै संघका अध्यक्ष विजय कुमार साहसहितको व्यसायीहरुको समूहले बैंकको गोलबजार शाखालाई ध्यानाकर्षणपत्र बुझाएको छ।

    व्यसायीहरुले बुझाएको ध्यानार्षण पत्रमा ‘बैंकले यथासिघ्र विक्रिगरेको जग्गाहरु आफ्नो नाममा ल्याई ऋणीसँग सवा व्याज लिई जग्गा फिर्ता गरी दिनु हुन विनम्र अनुरोध गर्दछौं। साथै हाम्रा माँगहरुलाई बेवास्ता गरेको खण्डमा हामी सम्पूर्ण व्यसायीहरु चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौं।’ भन्ने उल्लेख गरिएको छ।

    ‘व्यसायीहरुले आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’ व्यसायीले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।

    ‘विगत देखि नै यस संघले पटक पटक ज्ञापन पत्र मार्फत बैंकहरुलाई मन्दीको समयमा व्यवसायीहरुको अवस्थालाई मध्येनजर गर्दै बैंकहरुले लचकता अपनाउन र उद्योग व्यापार संघ, ऋणी तथा बैंकका प्रतिनिधीहरु कम्तीमा एक पटक बसेर छलफल गरी समस्याको समाधान खोज्न अनुरोध गर्दै आएका छौं; ध्यानाकर्षण पत्रमा ‘तर, बैंकका प्रवन्धकले माफिया र बिचौलियाहरुसँगको मिलेमत्तोमा व्यसायीको सम्पतिमाथि आँखा लगाउँदै हाइवेको बढी मूल्य भएको जग्गा न्यूनतम दर रेटमा बेचेको (लिलाम) गरेको यस संघको स्पस्ट धारणा रहेको छ।’ उल्लेख गरिएको छ।

    सो जग्गामध्येय पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेल नाममा गएको छ। उनी तत्कालिन शाखा प्रमुख पोखरेलको आफन्त भएको बताइन्छ। त्यसैगरी, अर्को सहायक सडकसँग जोडिएको जग्गा सिरहा नगरपालिकाका महावीर महतो सुडीको नाममा गएको छ। उनी गोलबजारका एक व्यसायीको आफन्त रहेको बताइन्छ।

    ऋणीले बैंकलाई पटक–पटक मैले तिरेको व्याज रकमको विवरण (स्टेटमेन्ट) माँगदा पनि शाखा प्रवन्धकले बेवास्ता गरेकोले पनि कर्मचारीको मनसाय प्रष्ट भएको व्यसायीहरुको कथन छ।

    यति सम्मकी व्यक्तिको क्रेडिट कार्ड जानकारी विना नै प्रवाह गरी त्यसबाट आफूखुसी रकम चलाएर तत्कालिन प्रमुख पोखरेलले बैंकिङ्ग कसुर गरेको संघको ठकर रहेको बताएको छ।
    ऋणी दुर्गेस कुमार साहले आफ्नो जग्गा बेचेर बैंकको ऋण तिर्न खोज्दा पनि बैंक र बिचौलिया मिलेर जग्गा बेच्न नदिएको र उल्टै धमकाउदै ऋणीलाई निरुत्साहित गरेको जस्ता जघन्य क्रियाकलाप त्यस शाखाबाट भएको ध्यानाकर्षण पत्रमा उल्लखे गरेको छ।

    ऋणी साह नियमित बैंकको सम्पर्कमा रहदै आएको र २०७९ माघसम्म नियमित व्याज बुझाउँदै आएको छ। तर, उनलाई ढाट् छलगर्दै कुनै जानकारी नगराई सो जग्गा कौडीको भाउमा कमीशन खाई आफ्नो आशेपासेका व्यक्तिलाई विक्रि (लिलामी) गराएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ।

    438083377_965159485280966_4314587980707867945_n

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल