दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव

    • बैशाख २६, २०८१
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २६ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संबैधानिक रहेको बताएका छन्। जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए।

    उनले भने, ‘म अमेरिका जादा कार्यवाहक अध्यक्षको जिम्मेवारी नै दिएर गएको हुँ। विवाद थियो भने पार्टीमा छलफल हुनुपर्थ्यो। म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो। त्यो हल्ला निराधार र कपोकल्पित थियो। पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारण पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ।’

    उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए।

    उनले भने, ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ।’

    अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारिएको बताउदै जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिए। उनले नयाँ दल दर्ता प्रक्रियाको विरोधमा आफुहरु अदालत जाने समेत बताए।

    मूलुक संकटमा परेको बेलामा दलहरु एकजुट भएर विकास, समृद्धिको काममा लाग्नुपर्ने अवस्थामा पार्टीहरु विभाजित हुनु राम्रो नभएको बताए। उनले पार्टीभित्र कुनै सैद्धान्तिक कुरामा कहिले मतभेद नरहेको अवस्थामा केही महत्वकांक्षी व्यक्तीहरुले पार्टी फूटाएर निर्वाचन कार्यालयमा गएर हतार हतार गैरकानुनी, असम्वैधानिक तरिकाले दल दर्ता गरायो।

    पार्टी भित्र र वाहिरका शक्तिहरुले पार्टीलाई विभाजी गर्ने ठाउँमा पुर्याएको बताए।

    मिर्चैयाका आगलागी पी ...

    सिरहा, ६ जेठ। मिर्चैया नगरपालिका ३, सिसबोनीका आगलागी पी ...

    भारत जानलागेका सिरहा ...

    जनकपुरधाम, ६ जेठ। धनुषाबाट चार जना किशोर किशोरी उद्धा ...

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल