जसपा, नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्दै

    • बैशाख २५, २०८१
    • १८४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन्।

    मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन्।

    दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपालले अदालत जाने निष्कर्षमा पुगेको उनले बताए।

    जसपा नेपालले बुधबार कानुनी राय लिएर अदालत जाने बताइएको छ । 

    यसैबीच पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ। पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यलय बालकुमारीमा हुने बताइएको छ।   

    उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन्।  

    भारत जानलागेका सिरहा ...

    जनकपुरधाम, ६ जेठ। धनुषाबाट चार जना किशोर किशोरी उद्धा ...

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    उच्च शिक्षा सुधारको ...

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल