जसपाबाट अलगिएर अशोक राईले खोले नयाँ पार्टी

    • बैशाख २३, २०८१
    • १५३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भई नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राइले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

    सात सांसदसहित ३० जना केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाएका छन्।

    राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादव बनेकी छन्।

    नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।

    सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।

    नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ।

    हस्ताक्षर गरेका ७ जना सांसद आयोग कार्यालयमा पुगेका छन्। डा. वीरेन्द्र महतो कोषाध्यक्ष बनाइएका छन्।

    संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजनको पक्षमा गएका हुन्।

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका ...

    सहकारीको अवचलन छानवि ...

    काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ द ...

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल