गोलबजारका किसानलाई ५० प्रतिशत अनुदानमा चार्जेवल स्प्रेयर हस्तान्तरण

    • वैशाख २०, २०८१
    • ६०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई स्प्रेयर ट्याङ्की वितरण गरेको छ। चालु आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम कृषि शाखाले ५० प्रतिशत अनुदानमा दुई सय ३७ जना किसानलाई स्प्रेयर ट्याङ्की वितरण गरेको हो।

    कृषि शाखाले गत चैत १९ गते प्रकाशित सूचना अबधिभित्र निवेदन दिएकामध्ये दुई सय ३७ जनालाई चार्जेवल न्यायपस्याक स्प्रेयर वितरण गरिएको शाखाका वीरेन्द्र यादवले जानकारी दिए।

    उनका अनुसार तोकिएको समयभित्र दुई सय ८० जनाले आबेदन दिएका थिए। जसमध्ये पालिकाको स्वीकृत बजेटको आधारमा वितरण गरिएको जनाए।

    भ्याट सहित चारहजारमा खरिदगरेको चार्जेवल न्यायपस्याक स्प्रेयर किसानले दुई हजार र नगरपालिकाले दुई लगानी गरेर खरिद गरिएको यादवले जानकारी दिए।

    शाखाले औपचारिक कार्यक्रमको आयोजना गरी नगर प्रमुख श्याम कुमार श्रेष्ठबाट किसानलाई स्पे्रयर हस्तान्तरण गरेको छ। किसानले भने भोली २१ गते भित्र सम्पर्क गरिसक्नुपर्ने कार्यालयले बताइएको छ।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल