उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान

    • बैशाख १५, २०८१
    • १६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ मा प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन सम्पन्न भएको छ। आयोगले शनिबार साँझ विज्ञप्ती जारी गर्दै दुवैठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ।

    आयोगद्वारा जारी विज्ञप्तिमा इलाम २ मा ५८ प्रतिशत मत खसेको उल्लेख गरेको छ। बझाङ १ को प्रदेशसभा निर्वाचनमा भने ५० प्रतिशत मतदान भएको उल्ले गरेको छ। यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ।

    तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ।

    उपनिर्वाचनमा इलाम २ मा १ लाख १५ हजार आठ सय ८९ मतदाता र बझाङ १ प्रदेश सभा क्षेत्रमा ६१ हजार सात ४८ मतदाता थिए। ४ मंसिर २०७९ मा इलाम २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो।

    इलाममा इलाम नगरपालिका ७ स्थित गौतम बुद्ध सभागृहमा आज राति ११ः०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ।

    तर बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले प्रतिकुल मौमका कारण आइतबार विहान १० बजेभित्र ढुवागरिसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए।

    Election-commission-press-realese Election-commission-press-realese-1

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    अनुमति नलिई हज यात्र ...

    काठमाडौं, २७ बैशाख। साउदी अरेबिया सरकारको गृह मन्त्रालय ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल