सिरहा ९ बैशाख। सिरहाको गोलवजार नगरपालिका ९ मा एक दिवस्य आखाँ तथा कानको शिविर सम्पन्न् भएको छ। नेपाल नेत्र ज्योती संघ लहान आखाँ तथा कान उपचार प्रणाली सगरमाथा चौधरी आखाँ अस्पताल लहानको प्रविधिक सहयोगमा गोलवजार ९ डण्डामा एक दिने निशुल्क आखाँ तथा कान शिविर सम्पन्न भएको हो।

सिवीएमको वितिय सहयोग र श्री जीवन विद्या मन्दिरको आयोजनामा सम्पन्न निशुल्क शिविरमा जम्मा ३ सय १६ जनाले आखाँ तथा कानको परिक्षण गराएका थिए। जस मध्ये ६२ जना कानका विरामी र २ सय ५४ जना आखाँको विरामीले जाचँ गराएका छन्।

जसमा ५४ जनालाई मोतीविन्दुको शल्यक्रिया र दुई जनालाई कानको शल्यक्रियाका गर्नुपर्ने शिविरका इन्चार्ज राज कुमार यादवले जनाएको छ। उनले भने, ‘शिविरमा निशुल्क शल्यक्रियाका लागी छनोट भएका विरामीहरुलाई आज ‘आइतवार’ चौधरी आखाँ अस्पाल लगी शल्यक्रिया गरिने बताए। शिविर विहान ९ वजे देखि ३ वजे सम्म चलेको स्थानिय आयोजकले जनाएको छ।

e2983ecd-e6a5-49a0-a791-c4584764c14a