चन्द्रपुरमा ३० रुपैयाँ विजुलि विल तिर्न दुईसय खर्च गर्नुपर्ने उपभोक्ताको बाध्यता

    • बैशाख ९, २०८१
    • १४९ पटक पढिएको
    • गमक पाेस्ट

    रौतहट, ९ बैशाख। चन्द्रपुर नगरपालिका १ का बासिन्दा यतिबेला ३० रुपैयाँ बिजुलीको बिल तिर्न दुईसय रुपैयाँ खर्च गर्न बाध्य छन्। वडा कार्यालयमा रहेको खानेपानी तथा बिजुली बिल तिर्ने सेवा काउन्टर वडा कार्यालयले बन्द गरेपछि सर्वसाधारणहरु भाडामामै धेरै रकम खर्चगर्न बाध्य भएका हुन्।
    वडा कार्यालयमा सञ्चालीत इ सेवा काउन्टरमा कार्यरत कर्मचारीलाई वडा कार्यालयले हटाएपछि काउन्टर बन्द भएपछि उपभोक्ता मारमा परेका छन्।

    यहि वैशाख ३ गते खानेपानी तथा बिजुलीको महसुल तिर्ने काउन्टरमा कार्यरत कर्मचारी सजना राईको काम सन्तोषजनक नभएको भन्दै वडा अध्यक्षले काममा नआउने गरी हटाएपछि काउन्टर बन्द भएको हो। वडा कार्यालयले काउन्टरबाट राईलाई हटाएर अर्को मान्छे नियुक्त नगरेपछि चन्द्रपुर नगरपालिका १ का बासिन्दाले बिजुलीको बिल तिर्नका लागि चन्द्रनिगापुर आउनुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मण न्यौपानेको भनाइ रहेको छ। उनले ३० रुपैयाँको बिजुलीको बिल तिर्नका लागि अहिले पौराई बासीले दुईसय रुपैयाँ भाडा तिरेर चन्द्रनिगापुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा पुग्नुपर्ने भएको छ।

    वडाको इ सेवा काउन्टरमा कार्यरत रहेकी सजना राईलाई ४ गते वडा कार्यालयले काम सन्तोषजनक नरहेको भन्दै हटाएपछि अहिले इ सेवा काउन्टर बन्द भएको छ। सो काउन्टरबाट स्थानीय बासिन्दाले खानेपानीको महसुल र बिजुलीको महसुल तिर्दै आएका थिए। सो विषयमा चन्द्रपुर नगरपालिका १ का वडा अध्यक्ष बलराम राउतसँग कुरा गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन। चन्द्रपुर नगरपालिका १ को वडा कार्यालयका विभिन्न कामको पछिल्लो समय आलोचना हुँदै आएको छ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल