मुक्त हरवाचरवालाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक छ : मन्त्री न्यौपाने

    • बैशाख ८, २०८१
    • १२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताएको छ।

    राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोडदिएका हुन्।

    “तपाईहरूले मुक्त हरवाचरवाका लागि १० कट्टा जमिनको माग गरिरहनुभएको छ तर मलाई जमिनभन्दा पनि उहाँहरूको दीगो जीविकोपार्जन र आत्मनिर्भरहुनका लागि उद्यमशीलतामा जोड दिनुपर्छ जस्तो लाग्छ”, मन्त्री न्यौपानेले भन्नुभयो,“व्यक्ति र समग्र समुदायको सामूहिकहीत र उत्थानका लागि बनाइने उद्यमशीलता प्रवद्र्धनका कार्यक्रममा हामीले पनि आवश्यक सहयोग गर्छौ।”

    त्यसैगरी उनले मधेशमा सबैभन्दा सीमान्तकृत र भूइँ मान्छेका रूपमा रहेका हरवाचरवाहरूको समस्या समाधानका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

    कार्यक्रममा अधिकारकर्मी गणेश विश्वकर्माले पश्चिम नेपालका मुक्त कमैया, कमलहरी र सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर देखिए पनि मधेशका मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि पर्याप्त चासो देखाउन नसकेको बताए। उनले मुक्तिको घोषणा गरे पनि वास्तविक हरवाचरवाको पहिचान, तथ्याङ्क संकलन र न्यायिक पुनस्र्थापनाका काममा ध्यान नदिँदा समस्या थप गिजोलिँदै गएको धारणा राखे।

    कार्यक्रममा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले मुक्तिको घोषणा गरेर आफूहरूलाई सरकारले बेवास्ता गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले अब तत्काल समस्या समाधान र आफ्ना मागको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

    कार्यक्रममा अधिवक्ता बालाराम भट्टराई, अधिकारकर्मी ब्रह्मदेव राम, मञ्चका महासचिव लागेन्द्र सदालगायतले मधेश प्रदेश केन्द्रीत हरवाचरवा समस्या समाधानका लागि यहाँकै सरकारले अझ बढी पहलकदमी लिन जरूरी रहेकामा जोड दिए।

    शुक्रबारदेखि सुरूभएको सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाका मुक्त हरवाचरवाका प्रतिनिधि, पर्यवेक्षक र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

    सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल