छत्तिसगढ भिडन्तमा २९ नक्सलवादीको मारिएको भारतीय प्रहरीको दावी

    • वैशाख ५, २०८१
    • ३०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    छत्तीसगढ, ५ बैशाख। छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीचको भिडन्त २९ जना नक्सलवादी मारिएको छ।

    भिडन्तमा सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो। पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो। साथै, ठूलो परिमाणमा हात हतियार समेत बरामद भएको छ।

    भारतीय सुरक्षा बलले पूरै क्षेत्रमा खोजी अभियान जारी राखेको छ। भिडन्तमा ४ जना सैनिक घाइते भएका छन। सो घटनाका सम्बन्धमा काँकेरको छोटाबेटिया प्रहरी चौकी अन्तर्गतको बिनागुण्डा र कोरोनार बीचको हापाटोला जंगलमा भएको हो।

    नक्सलवादीका चारवटा एके ४७ असल्ट राइफल पनि बरामद गरिएको छ। साथै २५ लाखको इनाम लिएका नक्सलवादी कमाण्डर शंकर राव पनि यस भिडन्तमा मारिएको भारतीय सुरक्षा बलले जानकारी दिएको छ।

    एडीजी नक्सल अपरेशन विवेकानन्द सिन्हाले मुठभेडमा धेरै नक्सलवादी मारिएको बताए। तर, कति नक्सलवादी मारिएका छन् भन्ने आधिकारिक पुष्टि भने भएको छैन । घाइते सैनिकको अवस्था सामान्य र खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । घाइते सैनिकको राम्रो उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ । साथै उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको छ । सो भिडन्त हिजो दिउँसो ३ बजेबाट सुरू भएको थियो।

    पछिल्लो समय छत्तीसगढमा नक्सलवादीहरू विरुद्ध निरन्तर कारवाही भइरहेको छ । बस्तर क्षेत्रमा एक महिला नक्सलीसहित दुई पुरस्कृत नक्सलवादीहरूले सुरक्षा बल सामु आत्मसमर्पण गरेका छन् भने सुरक्षा बलहरूले दुई आतंकवादीलाई पक्राउ गरेका थिए। पुलिस अधिकारीहरूले भनेका थिए कि सुकमा जिल्लामा दुई नक्सलवादीहरूले प्रत्येक ८ लाख रूपैयाँको पुरस्कार लिएर आत्मसमर्पण गरेका हुन्।

    सुरक्षा बलको कडा कारबाहीका कारण नक्सल शिविरमा हलचल मच्चिएको छ। दन्तेवाडामा एक–दुई होइन, २६ नक्सलवादीले सँगै आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्ने नक्सलीहरूमा पुरस्कृत नक्सलवादी पनि समावेश थिए। उनीमाथि एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । आत्मसमर्पण गरेका नक्सलवादीहरूका सम्बन्धमा एसपी गौरव राईले उनीहरू पोस्टर, ब्यानर टाँस्ने, सामान सङ्कलन गर्ने, आगजनी गर्ने, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र सरकारी काममा अवरोध गर्ने जस्ता सबै भ्रष्ट गतिविधिमा संलग्न रहेको बताए।

    न्यूज कारखाना।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल