रवि लामिछानेले सहकारीबाट २ करोड लिएको मिसिल पुग्यो अदालत

    • बैशाख ३, २०८१
    • ४९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    काठमाडौं, ३ बैशाख। बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको हो। 
     
    १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ। यसरी बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ। 

    अभियोग पत्रमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छैन। तर, उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ। यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ। 

    गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको हो। यसरी रकम अपचलन गर्ने कम्पनीमा रवि लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ। यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ। २०७८ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो।

    यस्तै रवि लामिछाने/गोर्खा मिडिया नेटवर्क प्रालि खाता नम्बर ००१–००१–१०५–००००२२४ मा २ करोड रुपैयाँ निकासा भएको देखिएको छ। 

    मिसिलमा उल्लेख गरिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।’

    अनुसन्धानको मिसिलमै रविका नाममा रकम निकासा भएको उल्लेख गरिए पनि प्रहरीले लामिछानेसँग सोधपुछ कागज गराएको छैन। यसअघि भेपको सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको फोन सम्पर्क देखिएको र बयानमा एक प्रतिवादीले भेप छुटाउन महराले टेलिफोन गरेको बयान दिँदा महरा पक्राउ परेका थिए। 

    महरालाई पनि प्रहरीले सुरुमा प्रतिवादी बनाएको थिएन। दोस्रोपटक कागज गराएर मिसिल बुझाएको प्रहरीले तेस्रोपटक मात्रै उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। 

    रवि लामिछानेको हकमा पनि प्रहरीले अहिले सामान्य सोधपुछसमेत गरेको छैन। रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको आरोपमा पनि जाहेरी परेको छ।

    तर प्रहरीले त्यसलाई ठाडो उजुरी भन्दै जाहेरीका रूपमा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउन मानेको छैन।

    प्रहरीले अनुसन्धान अगाडि नबढाउँदा यो विषय संसदमा समेत प्रवेश पाएको छ। सहकारी ठगीमा रवि लामिछाने जोडिएको र यस विषयमा छानबिन हुनुपर्ने माग विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको छ।

    नेपालखवर।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल