‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई

    • चैत्र ३०, २०८०
    • १२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    काठमाडौं, ३० चैत।  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ। ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो।

    नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुुल १७ पदक र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडांै ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदकसहित क्रमशः द्धितिय र तृतिय भएका छन्। समापन समारोहमा भएको फुटबल खेलमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई २–१ गोलको अन्तरले पराजित गरी प्रथम भएको  छ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउनुहुँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गरे।

    उनले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको भावना बिकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए।

    सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर लागि रहने बताए ।

    नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत २५ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश थिए।

    कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न खेलकुद संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो।

    jiban

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल