फुलबारी मेलाको तयारी पूरा

    • चैत ३०, २०८०
    • १९२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३० चैत। सिरहाको लहान नगरपालिका १२ र २२ स्थित पौराणिक तथा ऐतिहासिक, धार्मिक स्थल सलहेश फूलबारीमा प्रत्येक वर्ष बैशाख १ गते भव्यताका साथ लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला समितिले जानकारी दिएको छ।

    फुलबारीमा रहेको हारमको बोटमा माला आकारको फुल हेर्न र त्यस वरिपरि रहेको मठ मन्दिर तथा बनाइएको मूर्तिहरुको दर्शन तथा पूजा पाठ गर्नेहरुको लागि यसपल्ट विशेष व्यवस्था गरिएको आयोजकले जनाइएको छ।

    देश तथा विदेशबाट असंख्य रुपमा मेला भर्न आउनेहरुको सुरक्षाको लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ।

    जथाभावी पसलहरु राखिंदा दर्शन गर्न तथा अवलोकन गर्न आउने श्रद्धालु भक्तजनलाई असहजतालाई ध्यानमा राखि फुलबारी मेलाभित्र पसलहरु राख्न दिएको छैन भने बाहिरी भागमालाई पनि व्यवस्थित गरिएको छ।

    मेला भर्न तथा पूजा पाठ गर्न आउनेहरुको सहजताको लागि महिला तथा पूरुषहरुको छुट्टा छुट्टै लाइन समेत बनाएको पूजारी जितेन्द्र सिंह धामीले जानकारी दिए।

    लहानबाट करिव पाँच किलोमिटर पश्चिममा पर्ने सलहेश फुलबारीमा प्रत्येक वैशाख १ गते हारमको बोटमा फुल्ने माला आकारको फुल हेर्न देश विदेशबाट मानिसहरु आइरिने गरेको छ। त्यस दिन यहाँ भव्य मेला समेत लाग्ने गरेको छ।

    fulbari 2

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल