योग खेलकुद प्रतियोगितामा राजलवटलाई स्वर्ण पदक

    • चैत्र २८, २०८०
    • ३६९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं,२८ चैत। काठमाडौंमा सम्पन्न ५ औ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा पुरुष तर्फ कमल बहादुर राजलवटले स्वर्ण पदक हासिल गरेको छ।

    नेपाल योग खेलकुद संघले आयोजना गरेको सो प्रतियोगितामा ५० बर्ष भन्दा माथि सेनियर समुहतर्फ राजलवट प्रथम भई स्वर्ण पदक हात परेको हो।

    बाग्मति प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिवमा कार्यरत राजलवट योगका अतिरिक्त पहिलो कोभिड देखिनै गुर्जो तथा विभिन्न समस्याहरुमा उपयोगी हुने गुर्जो सहितका विभिन्न जडीबुटीयुक्त चुर्णहरू तयार गरेर नेपाल अधिराज्य लगायत विभन्न देशहरुमा निःशुल्क सेवा प्रवाह गर्दै आएको छ। यस्तै उनले जोर्नीको समस्यामा मर्म थेरापी पनि निःशुल्क सेवा गर्दै आएको छ।

    त्यसैगरी, सो प्रतियोगितामा महिलातर्फ विभिन्न उमेर समूह मध्ये ३५ देखि ४९ बर्षको समुहमा जानुका भट्टराई ढुङ्गाना स्वर्ण पदक बिजेता भएको छ।

    उक्त प्रतियोगतामा ६ वटा उमेर समूह रहेको थियो। उक्त समूहमा ९ देखि ११ बर्ष, १२ देखि १४ बर्ष, १५ देखि १७ बर्ष, १८ देखि ३५ बर्ष, ३६ देखि ४९ बर्ष, तथा ५० देखि माथिका उमेर समूह रहेको थियो।

    यसैगरी सेप्टेम्वरमा एसियन योग खेलकुद प्रतियोगिता, डिसेम्बरमा वल्र्ड च्यामपियन सिप अफ योगासन स्पोर्टस हुदैछ।

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल