काठमाडौं, २७ चैत। नेपाली कांग्रेसका तीन सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने भन्दै संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै कांग्रेसका सांसदहरु धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियारले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको माग गरेका छन्।