जनकपुरधाम, २६ चैत। जनकपुरमा दिउसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। महोत्तरीको एकडाडा गाउँपालिकाका वर्ष २० वर्षिय प्रिन्स कुमार महासेठको हत्या भएको हो।
जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको धनुषाका प्रहरीका सूचना अधिकारी डिएसपी रञ्जन जानकारी दिए।
हत्या आशंकामा प्रहरीले स्थानीय गणेश साहका छोरा वर्ष २४ वर्षीय अर्जुन कुमार साह रहेको बताइएको छ।
पक्राउ परेका उनीमाथि र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।